पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना पुष्टि प्रकाशित मिति : 21 November, 2020 8:51 am काठमाडौं । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कार्यरत एक कर्मचारीमा कोरोना पुष्टि भएको छ । अस्पतालको इमर्जेन्सी विभागमा कार्यरत ३९ वर्षिय पुरुष स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको हो । प्रष्ठिानका निर्देशक डाक्टर अर्जुन आचार्यका अनुसार भदौ १ गते अस्पतालको इमर्जेन्सी विभागमा उपचारका लागि आएका व्यक्तिमा कोरोना पुष्टि भएपछि इमर्जेन्सी विभागका १६ कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको थियो । इमर्जेन्सी विभागमा कार्यरत १६ मध्ये बाँकी १५ जनाको भने रिपोर्ट नेगेटिभ आएको उनले बताए । संक्रमित स्वास्थ्यकर्मीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकै आइसोलेसन कक्षमा उपचार हुने उनले बताए । पछिल्लो अपडेटअनुसार गण्डकीमा कोरोना संक्रमितको संख्या १८८० पुगेको छ ।