शेर्पा इभेन्टको आयोजनामा शेर्पा म्युजिक अवार्ड २०२० हुने

काठमाडौं ६, माघ / शेर्पा इभेन्टको आयोजनामा शेर्पा म्युजिक अवार्ड २०२० हुने भएको छ । बिशेष गरिशेर्पा कलाकारहरुलार्इ प्रोत्साहन र हौसला बढाउन उदेश्यले शेर्पा इभेन्ट अर्गनाइजरले प्रथम पटक शेर्पा म्युजिक अवार्ड २०२० को आयोजना गरेको हो । शेर्पा समुदायमा धेरै शेर्पा कलाकारहरु जन्मिए पनि अहिलेसम्म शेर्पा कलाकारहरुलार्र्इ कुनै पनिअवार्ड प्रदान गरिएको छैन।

देशको गहना भनेकै कलाकार र संगितकार हुन र यसलाई सबैले सम्मान गर्नु तपाई हाम्रै कर्तव्य हो । समाजमा भएका कलाकारहरुलाइ कसरी माथिल्लो स्थानमा पुर्याउने भन्ने उदेश्य लिइ विगत लामो समय देखी संङ्गितिक र कलाकारिता क्षेत्रमा आवद्ध रहेर समाजमा संगितिक मध्यम र कलाकारका मध्यमबाट पाइला अगाडि सारिएका शेर्पा कलाकारहरुलाइ थप हौसला र प्रोत्साहन उत्साह बढाउनुको निम्ति शेर्पा इभेन्ट अर्गनाइजरले शेर्पा म्युजिक अवार्ड २०२० को आयोजना गरिएको र यस अवार्ड्ले शेर्पा समुदायमा रहेका शेर्पा कलाकारहरुलार्इ थप सहयोग पुग्ने आयोजकले जानकारी दिए।

अवार्ड आग लिनको लागि आफ्नो नाम र गितको एल्बम र गितको नाम र आफ्नो फोटो शेर्पा इभेन्ट अर्गनाइजरको अफिसियल फेसबुकमा म्यासेस गर्नुपर्नेछ । पहिलो पटक आयोजना गरिएको शेर्पा म्युजिक आवर्ड २०२० आउदो दुई महिना सम्ममा सम्पन्न गर्ने हुनेछ ।
शेर्पा इभेन्ट अर्गनाइजर समुहले ९ आधुनिक शैलीमा शेर्पा भाषा धर्म र संस्कृतिको जगेर्ना०भन्ने नारालाई अघि सार्दै समाजमा हरेक नयाँ उपलब्धिमुलक र सकारात्मक गतिविधिहरु गर्दै आएको छ ।

यस भन्दा आगडी प्रथम अनलाईन शेर्पा उदघोषण प्रतियोगिता र प्रथम अनलाइन शेर्पा भाषा उद्घोषण प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरसकेको छ । अहिलेको प्रबिधीको युगमा युवाहरुले समाजमा केहि नयाँ कार्यक्रम ल्याँउदा समाजका बिशिष्ठ ब्याक्तीहरु समेत खुशी भएको आयोजकको दावी छ ।


प्रतिक्रिया दिनुहोस्