कञ्चनजंघा हिमाल सरसफाई अभियान सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । पर्यटन बोर्डको आयोजना र कञ्चनजंघा पर्यटन प्रवर्दन केन्द्रको सहआयोजनामा कञ्चनजंघा हिमाल सरसफाई अभियान सम्बन्धी अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार पर्यटनबोर्डको सभाहलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले नेपालका हिमालहरु सुरक्षित र सफा छन भन्ने सन्देश विश्वभरी दिनुभपर्ने बताएका छन् । बाहिर जतिसुकै नकारात्मक कुराहरु आएपनि नेपालका हिमाल सुरक्षित रहेको बताउनु भयो। नेपाली हिमालहरु सफा छन् भन्ने सन्देश विश्वभरी फैलाएर पर्यटन आवागमन बढाउनेतर्फ सबैको ध्यान जानुपर्ने उनको भनाइ छ ‘भ्रमण वर्षलाई ख्याल गर्दै हिमालहरु सुरक्षित छन् हिमालहरु सफा छन् भन्ने सन्देश विश्वमा दिनका लागि २०२० मा हिमाल आरोहणको अभियानलाई अगाडी बढाउनुपर्छ ।
नेपालको आर्थिक विकास र पर्यटनका लागि हिमालहरू महत्वपूर्ण सम्पत्ति भएको भन्दै अहिले ४५, ४६ करोड राजस्व संकलन हिमालबाट भएपनि यो अत्यन्तै न्यून भएको र बढी राजस्व उठाउनेतर्फ ध्यान दिनुपर्ने मन्त्री भट्टराईको भनाई छ । हिमालसँग जोडिएका स्थानीय सरकार र प्रदेश सरकारहरुलाई समेत अभियानमा सहभागि गराउन सकेमात्रै सबैले अपनत्व ग्रहण गर्न सक्ने उनले बताए ।
’कञ्चनजंघा हिमालबाट ७ हजार केजी फोहोर संकलन गर्ने लक्ष्य रहेको र त्यस्को कुल लागत ३ करोड ५७ लाख लाग्न सक्ने अनुमान रहेको कञ्चनजंघा पर्यटन प्रवर्दन केन्द्रका महासचिव पुरुषोतम खतिवडाले जानकारी दिए । कार्यक्रममा सफा हिमाल अभियान २०२० बाट नेपाली सेनाका प्रतिनिधी,राजनितिज्ञ,समाजसेवी पर्यटन ब्यावसायसंग सम्वन्धित विभिन्न संघसस्थाका पदाधिकारी लगायत पर्यटन व्यावसायीहरुको उपस्थिती रहेको थियो ।