आफ्नै दुई नाबालक छोरा मार्ने आमालाई जन्मकैदको फैसला

दैलेख : आफ्नै दुई छोराहरूलाई विष खुवाई हत्या गरेको कसुरमा दैलेख जिल्ला अदालतले एक महिलालाई जन्मकैदको फैसला सुनाएको छ।

दिउँसो खाजा खाने समयमा खाजामा विष मिसाई आफ्नै नावालक दुई छोरालाई खुवाई हत्या गरेको कसुरमा जिल्लाको महावु गाउँपालिका १ खरीगैराकी २४ वर्षीया कल्पना नेपालीलाई जिल्ला अदालत दैलेखका न्यायधीस दण्डपाणी लामिछानेको ईजलासले जन्मकैदको फैसला सुनाएको हो ।

७५ कात्तिक १० गते कल्पनाले विष खुवाएका दुई छोरामध्ये जेठो छोरा ७ वर्षिया आयुष नेपालीको उपचारका लागि बाटोमा ल्याउँदै गर्दा मृत्यु भएको थियो भने कान्छो छोरा ३ वर्षीया अमित नेपालीको उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको थियो।


प्रतिक्रिया दिनुहोस्