पुर्व वाईसीएलले टुंगो लगायो १५५ सदस्य प्रकाशित मिति : 25 September, 2019 1:26 pm काठमाडौं,८ असोज, । पुर्व वाईसीएल नेपालले एकतामा जाँदा आफ्नो भागमा परेको १५५ जना केन्द्रिय सदस्यहरुको नाम टुङ्गो लगाएको छ । ३३५ सदस्यीय केन्द्रीय समितिमा साविकको वाईसीएलको भागमा १५५ जना र साविकको युवासंघका भागमा १७६ जना परेको थियो । तत्कालीन वाईसीएलको केन्द्रीय समिति २१५ सदस्यीय थियो । अब एकताको प्रक्रियामा आउँदा ६० जना छुट्ने छन् । चार सदस्य पछि मनोनित गर्ने सहमति भएको छ । तत्कालीन वाईसीएलका अध्यक्षसमेत रहेका राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले हरेक जिल्लाबाट एक(एक जना प्रतिनिधित्व हुने लगायतका तीनवटा मापदण्डको आधारमा १५५ जना छानिएको बताए । उमेर हद ४० वर्ष ननाघेका केन्द्रीय पदाधिकारी तथा सबै प्रदेश संयोजक १५५ जनामा अटाएका छन् । यस्तै प्रत्येक प्रदेशबाट एक जना महिला अनिवार्यसहित तीन(तीन जना छानिएका छन् । यसैगरी केन्द्रीय कार्यालयअन्तर्गत रहेका विभागहरु, आयोगहरु, १६ देखि २४ वर्ष उमेर समूहमा रहेकाहरु तथा समावेशी प्रतिनिधित्वका आधारमा पनि केन्द्रीय समितिमा रहनेहरुको नाम टुंगो लगाइएको छ ।नेकपाको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालका संयोजक दीपशिखा र सहसंयोजक रमेश पौडेलले २७ भदौमा सपथग्रहण गर्दा ९ असोजको बैठकबाट केन्द्रीय समिति टुंगो लगाउने भनिएको थियो । तर, पूर्वएमाले निकट युवा संघ नेपालको तर्फबाट भने नामावली टुंगो लाग्न बाँकी छ ।