बृहत् फाग्ङि सास्कृतिक कार्यक्रम हुँदै प्रकाशित मिति : 6 August, 2019 1:23 pm अरुण पोष्ट सम्वाददाता काठमाडौ साउन २१ / शेर्पाहरुको महान चाड फाङिको सुखद उपलक्ष्यमा समुदायको कला, संस्कृति र परम्परालाई बचाउन अगाडि बढ्ने समय र परिस्थिति अनुसार हाम्रो संस्कृतिको विकासमा महत्वपूर्ण नयाँपनको विकास गराउन फेसबुक पेजमा आयोजन गरिएको शेर्पा ड्रेस प्रतियोगिताको अवसरलाई sherpa event organizer द्धारा एक बृहत् सास्कृतिक कार्यक्रम सहित प्रतिष्ठित कलाकार उपस्थितिबाट विस्तार गरिने र फोटो प्रतिस्पर्धाको विजेता एकै दिन घोषणा गरीने भएको छ । शेर्पाहरुको संस्कृति, पहिचान र विविध संस्कृति मुल्य र मान्यताहरुलाई सदैब जीबन्त राख्ने र जसको समुचित विकास गराउने उद्देश्य लिइ आयोजन गरिएको शेर्पा आनलाइन ड्रेस तस्वीर प्रतिस्पर्धी प्रतियोगिता यहीँ मिति २०७६ / ०४/३१ गते शुक्रवार बौध्द स्थित रामहिटि मन्डला पाटि प्यालेसमा एक बृहत् सास्कृतिक कार्यक्रम सहित चर्चित कलाकार लाक्पा अमोद दावा के आङ तेन्जिङ छिरिङ डोल्मा सङ्गे डिजे च्येवाङ लमु केसाङ शेर्पाको प्रस्तुति रहन्ने छ । कार्यक्रम सभ्य र भब्य साथ सम्पन्न गर्ने कार्यक्रम सम्योजक आङ पेम्बा शेर्पाले जानकारी दिएको छ ।