१५ किलो चाँदीसहित एक भारतीय पक्राउ

अरुणपोष्ट संवाददाता
काठमाडौं २१ श्रावण / महोत्तरी जिल्लाको मठिहानीस्थित सशस्त्र प्रहरीले तस्करी गर्न लागिएको १५ किलो चाँदीसहित धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–२ का ३२ वर्षीय वीरेन्द्र महतोलाई पक्राउ गरेको छ ।

बीआर ३२ एल ०९८९ भारतीय नम्बरको मोटरसाइल चढेर भारततर्फ गइरहेका महतोको हेल्मेटभित्र चाँदीको पोका बरामद भएको केन्द्रीय प्रवक्ता (डीआईजी)सुरजकुमार श्रेष्ठले जानकारी दिएका छन् । उक्त चादीको बजार मुल्य करिब १० लाखभन्दा बढी रहेको छ।

महतोको साथबाट नेपालको एनसीसी बैंक र भारतको पञ्‍जाब नेशनल बैंकको एटीएम, भारतीय पहिचान पत्र र भारतीय लाइसेन्स बरामद भएको छ ।


प्रतिक्रिया दिनुहोस्