लिगल एडभाइजर अफ द इयर अवार्ड गणेश बिष्टलाई

काठमाडौं / भारत निर्माण फाउण्डेसनले प्रदान गर्ने लिगल एडभाइजर अफ द इयर बिधाको अवार्ड यसबर्ष बैतडीका गणेश बिष्टलाई प्रदान गरेको छ ।

हिजो काठमाण्डौँमा आयोजित एक समारोहमा उक्त अवार्ड बितरण गरिएको हो । फाउण्डेसनले हरेक २ बर्षमा प्रदान गर्ने बिभिन्न बिधाका अवार्ड मध्ये बिष्ट सगैँ नेपाल तथा भारतमा बिभिन्न क्षेत्रमा कार्यरत १५जनालाई अवार्ड प्रदान गरेको छ । बैतडीको पाटन नगरपालिका ८ आरुबाटा घरभएका बिष्ट काठ्माण्डौमा रहेको बिष्ट लिगल कन्सलटेन्सीका सञ्चालक हुनुहुन्छ ।

कानुन ब्यवसायी र राष्ट्रिय प्रजातन्त्र पाट्रि सयुक्तको केन्द्रीय कार्य सम्पादन समिति सदस्य समेत गरेको बिष्टले भनेका छन ,, आफुले यो अर्वाड पाए पश्चात राष्ट्रका लागी आफुले केहि कामहरु इमान्दारीतापुर्वक गरेको जस्तो महसुस भएको छ ।


प्रतिक्रिया दिनुहोस्