शम्भु राईलाई कारावाही गर्न सांसदमा माग काठमाण्डौ असार ९ / नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले गायक प्रकाश सपुत र शान्तिश्री परियार उक्त गीतलाई लिएर जातीय भेदभावको दृष्टिकोणले अपमानित गर्ने र मुद्दा लगाउने काम भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छ । सत्तारुढ दलकै सांगीतिक क्षेत्रको भ्रातृ संस्थामा आवद्ध शम्भु राईले आफ्नो लय नक्कल गरेको भनी मुद्दा हालेको प्रसंग उल्ल्लेख गर्दै सांसद विश्वकर्माले गाउँघरमा मेलापात जाँदा स्वत स्फुर्त गाउने भाका नै लोकभाका भएको भन्दै सामान्य कलाकारले मन छुने गरी प्रस्तुत गरेको गीतमा नक्कल भयो भनी मुद्दा हाल्नु लज्जास्पद भएको टिप्पणी गरेका छ । ‘शुम्भु राई र उनका उनको पक्षमा बोल्ने व्यातिm हरु जो सामाजिक सञ्जालको दुरुपयोग गरी प्रकाश सपुतलाई जातीय भेदभावको दृष्टिले अति नीच गाली गर्नुको साथै उनलाई हतोत्साहित गराउन लागि परेको देखिन्छ । सांसद विश्वकर्माले भने, ‘त्यत्ति मात्रै होइन, संविधान, कानुन र सामाजिक सद्भावको बर्खिलाप हुने गरी सिंगो दलित समुदायलाई अपमानित हुने गरी उनीहमाथि नीच ढंगले जातीय भेदभाव र अपमान गरेको हुनाले साइबर कानुन अन्तर्गत कारवाहीको दायारामा ल्याउनु पर्ने बताएका छन । उनले जातीय छुवाछुत तथा भेदभाव कसुर ऐन २०६८ अन्तर्गत र संविधानको धारा २४ अन्तर्गत शम्भु राईलगायतलाई तत्काल कारावाही गर्न माग गरे । सांसद विश्वकर्माले प्रकाश सपुतविरुद्ध मुद्दा हाल्ने र सामाजिक सञ्जालमा गालीगलौज गर्नेहरुलाई कारवाहीको दायरामा नल्याए सिंगो दलित समुदाय अन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन ।