चर्को बिरोध र आन्दोलनपछि गुठी विधेयक फिर्ता

काठमाण्डौ / चर्को बिरोध र आन्दोलनपछि गुठी विधेयक फिर्ता भएको छ ।

सदनमा लैजान लागेको गुठी विधेयक मंगलबार भूमि, व्यावस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले पत्रकार सम्मेलन गरी फिर्ता लिएको जानकारी दिएका छन् ।

गुठीसम्बन्धी कानुनलाई एकिकरण र संशोधन गर्न बनेको विधेयकले मौलिक सम्पत्तिका रुपमा रहेका गुठी संस्कृति लोप हुने भन्दै विभिन्न संघसंस्थाहरुले व्यापक रुपमा विरोध तथा आन्दोलन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्