बौद्धस्थित समता अस्पताल तोडफोड काठमाडौं । बौद्धस्थित समता अस्पतालको सरसफाइमा कार्यरत २७ वर्षीया बिमला तामाङ मृत भेटिएपछि आफन्तले अस्पतालमा तोडफोड गरेका छन् । रामेछापको दोरम्बा घर भएकी तामाङ अस्पताल परिषरमै भुण्डिएको अवस्थामा भेटिएकी छन् । घटना लगत्तै अस्पताल प्रशासन र मृतकका आफन्तबीच मेलमिलापको लागि छलफल भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीले बताउनुभयो आफन्तले नाराबाजी गरेपछि अस्पताल परिसरमा प्रहरी परिचालन गरिएको छ । समता अस्पताल स्वास्थ्य क्षेत्रमा सस्तो सेवा दिँदै आएको छ । अस्पतालमा एक समय रुपैयाँमा उपचार हुने गरेको छ । अस्पताल ले परै शरि चेकजाँचको १५ सय रुपैयाँ लिने गरेको छ ।