जापानबाट घर आएको केहि दिनमै दुर्घटनामा मनबहादुर खत्रीको निधन


काठमाडौं ३२/ जेठ गल्कोट नगरपालिका वडा नम्वर चार भेँडीखाल्टामा शुक्रबार राति ट्याक्सी । दुर्घटनामा परि मनबहादुर खत्रीको मृत्यु भएको छ भने। २ जना घाईते भएको प्रहरी चौकी हटियाले जानकारि दिएका छ । घाइते हुनेमा सवारी चालक हुमबहादुर कुँवर र मृतक खात्रीका भान्जा आयुष कार्की रहेका छन ।

घाइतेको हरु शिक्षण अस्पतालमा उपचार भईरहेको छ । ध १ ज ५१३ नम्बरको ट्याक्सी राति १० बजेको समयमा दुर्घटना भएको प्रहरी चौकी हटियाका प्रमुख प्रहरी नायव निरीक्षक ऋण बहादुर बैदवारले जनाकारी दिएका छन। गल्कोट नगरपालिका हटियाबाट सोही नगरपालिका ४ को नुवाकोटतर्फ जादै गरेको ट्याक्सी दुर्घटनामा परेको हो । मृतक खत्री केही दिन अघिमात्र जापानबाट नेपाल आएका थिए । रातको समयमा अनियन्त्रित भई ट्याक्सी सडक देखि १५ मिटर तल खसेको थियो । दुर्घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्