एसईई नतिजा यसपटक ढिला आउने 0 Shares २६ जेष्ठ २०७६, आइतबार काठमाडौं २६ जेठ,/ विगतका वर्षहरूमा असार १-२ भित्रै निस्कने गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन यसपटक ढिला हुने भएको छ। परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले यस वर्ष एसईई नतिजा प्रकाशनका लागि असार दोस्रो सातासम्म कुर्नुपर्ने बताए। प्रदेश २ मा प्रश्नपत्र बाहिरिएर पुनः परीक्षा सञ्चालन गर्नुपर्दा र जनशक्ति अभावले नतिजा प्रकाशन गर्न ढिला हुने भएको हो। यो खबर आजको नयाँ पत्रिकामा छापिएको छ।