फिदिम बजारमा भीषण आगलागी २ घर जले नष्ट पाँचथर / पाँचथर सदरमुकाम फिदिम बजारमा आगलागी हुँदा दुईवटा घर जलेर पूर्णरूपमा नष्ट भएका छन्। विहिबार दिउँसो १२ः ३० बजेदेखि सुरु भएको आगो नियन्त्रणको प्रयास जारि छ । आगलागीबाट संगीत रानामगरको दुई तले घर र नजीकै रहेको कर्णकुमार थापामगरको घर नष्ट भएको प्रहरीले जनाएको छ । उक्त घरमा पाथीभरा मिष्ठान्न भण्डार, सब्जि पसल रहेका थिए । फिदिम नगरपालिकाको दमकल नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको प्रयासपछि ठूलो क्षति हुनबाट फिदिमबजार जोगिएको पत्रकार जितेन्द्र भण्डारीले बताए ।आगलागीको कारण र क्षतिबारे खुल्न बाँकी रहेको प्रहरीले बताएको छ।