ताप्लेजुङको दुर्गम गाउँ घुन्सामा पुग्यो मोवाईल सेवा

ताप्लेजुङ / करिव ६२ घर परिवार रहेका ताप्लेजुङको दुर्गम तर पर्यटकीय गाउँ घुन्सामा मोवाइल सेवा पुगेको छ।

समुन्द्र सतहबाट ३ हजार ४५० मिटर उचाईमा रहेको ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाको घुन्सा गाउँमा मोवाईल सेवा सञ्चालनमा आएको छ । स्याटलाईट प्रणालीमार्फत सञ्चालन हुनेगरी जोडिएको मिङ्माडण्डु शेर्पाले जानकारी दिएका छन ।

प्रदेश सांसद टंक आङ्बुहाङले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने घुन्सामा मोवाइल सेवा बिस्तार गर्न संघीय तथा प्रदेश सरकारको ध्यानाकर्षण गरेका थिए। मोवाइल टावर जडान कार्यमा प्राविधिकलाई सहजीकरण गर्न घुन्सा पुगेर मुक्ति लाबुङले आइतवार घुन्सामा मोवाइलका १५ थान सीम समेत बितरण गरेका छन ।

फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष सरोज एभेङ लिम्बूले दुर्गम मानिएको यो गाउँपालिका भित्र एकपछि अर्को सञ्चार सुबिधाको उपलब्धताले स्थानीयबासीमा उत्साह थपेको आभाष आफुले पाएको बताए। यसअघि उपल्लो क्षेत्रका तापेथोक र लेलेपका बासिन्दालाई सहज हुनेगरी मोवाईल सेवाको बिस्तार भएको थियो।


प्रतिक्रिया दिनुहोस्