सेक्स गर्दा पलङ भाँचिएपछि, पलङ बनाउँने कम्पनीविरुद्ध अदालतमा मुद्दा प्रकाशित मिति : 2 June, 2019 5:03 pm काठमाडौं ,१९ जेठ २०७६, / यो संसारमा दुुनियाँलाई चकित पार्ने अनौठो किसिमका घट्नाहरु घटिरहेका हुन्छन् । घट्ना सुन्दा हासोमा परिणत गराउने र घट्ना बिस्वास नै गर्न नसकिने हुन्छन् । तर जे घट्ना घटेको हुन्छ त्यो सत्य हो । त्यस्तै फेरि अर्को घट्ना दक्षिण पूर्वी इङल्याण्डको वर्कशायर शहरमा एक नव दाम्पत्य जोडी जोन मार्शल र क्लेयरको अनौठो घट्ना सामना गर्नुपर्यो, उनीहरु यौन सम्बन्ध राख्ने क्रममा पलङ नै भाँचियो । पलङ भाँचिए पश्चात श्रीमती क्लेयर भुईमा पछारिइन् र उनको शरीर पक्षघात प्यारालाइसिस ग्रस्त भर्ई गम्भीर चोट लागेको थियो । यो घट्ना पश्चात क्लेयरको मेरुदण्डको हड्डीमा गम्भीर चोट लागेको थियो । घट्नापछि श्रीमती क्लेयर बेड बनाउँने कम्पनीविरुद्ध अदालतमा मुद्दा हालिन् । उनीहरु केही दिन अगाडी मात्र यो पलङ किनिको भनेर लण्डन हाइकोर्टमा मुद्दाका सुनुवाईका क्रममा बताएको थियो । श्रीमतीको आरोप यस्तो छ कि, जुन दुर्घटना भएको हो बेडमा भएको खराबीका कारण भएको हो र बेड पनि केही हप्ता पहिले मात्र किनेको भनेर क्लेयरले आरोप लगाइन् । बेडमा केही पनि खराबी नभएको भनेर उनको घरमा बेड डेलिभरी हुँदा नै पूरै सही भएको दावी गरेको थियो, तर बेड पहिला नै बिग्रिएको रहेछ भनेर श्रीमतीको भनाई छ । एजेन्सी..