बाइक चलाइरहेका युवकलाई ट्रकले ठक्कर, श्रीमतीलाई भिडियो कल गरेर अन्तिम सास फेरे

एजेन्सी / भारतको बेगूसरायको नेशनल हाइवे–२८ मा एक युवकलाई ट्रकको ठक्कर पछि सडकमा खसेका उनलाई ट्रकको पाङ्ग्राले कुल्चिँदा उनको एउटा खुट्टा तिघ्राबाटै छिन्यो ।

आफ्नो स्थिती देखाउन उनले श्रीमतीलाई भिडियो कलसमेत गरे । प्रत्यक्षदर्शीका अनुसार युवकले इयरफोन लगाइरहेका थिए जसका कारण उनले ट्रकको हर्न सुनेनन् । दुर्घटनापछि बेहोस भएका उनलाई पुलिसले बेगूसरायस्थित अस्पताल पुर्याए तर उनलाई बचाउन सकिएन ।

युवकको पहिचान राजाराम पण्डितको रुपमा भएको छ । राजाराम आफ्ना सालोको श्राद्धमा उपस्थित हुन ससुराली गइरहेका थिए ।


प्रतिक्रिया दिनुहोस्