प्रधानमन्त्रीले देशलाई क्याम्बोडिया बनाउन चाहँदै हुनुहुन्छ- गगन थापा दमौली / नेपाली कांग्रेसका युबा नेता तथा केन्द्रीय सदस्य गगन थापाले कम्युनिस्ट सरकारका अबका चार वर्षमा देश बर्बाद हुने चेतावनी दिएका छन् । नेविसंघले दमौलीमा स्थापना दिवसका अवसरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले अहिलेका सरकारका गतिविधिले त्यस्तै शंकेत गरेको बताए। नेता थापाले सरकार अझ अनुदार बन्ने र भावी दिनको चुनाव पनि नाम मात्रको हुने आशंका गरे। उपयुक्त वातावरण अभावमा अहिले उद्योग धन्दा बन्द हुन थालेको भन्दै थापाले अबका चार वर्षमा यो संख्या अझै बढ्ने बताए।उनले भने,लेखेर राख्नुस् अबका चार वर्षमा अझ धेरै उद्योग धन्दा बन्द हुँदैछन्।रोजगारी पनि घट्नेछ। चीनको अवस्था फरक भएको भन्दै उनले कुनै पनि कम्युनिस्टको नेतृत्व भएको मुलुकले समृद्धि हाँसिल नगरेको जिकिर गरे। अझ हाम्रो प्रधानमन्त्रीको आदर्श हुन् , उनले भने, प्रधानमन्त्रीले देशलाई क्याम्बोडिया बनाउन चाहँदै हुनुहुन्छ।