ओखलढुंगाको खिजिदेम्बा विद्यालयमा शेर्पा भाषाको पढाई शुरु

ओखलढुंगा / ओखलढुंगाको खिजिदेम्बा वडा नं. ९ स्थित शिवालय मावि छेर्मादिङ पात्लेमा शेर्पा भाषाको पठनपाठन शुरु गरेको हो ।

स्थानीय विषय अन्तर्गत कक्षा १ र २ सम्म शेर्पा भाषामा पठनपाठन शुरु गरेको हो । पठनपाठनका लागि विद्यालयले विद्यालयको आन्तरिक स्रोतबाट पुस्तक खरिद गरी विद्यार्थीहरुलाई निःशुल्क प्रदान गरी कक्षा शुरु गरिएको प्रधानाध्यापक भानुभक्त नेपालले जानकारी दिए । त्यस्तै, आन्तरिक स्रोतबाटै भाषागत शिक्षकको व्यवस्था गरेको बताए ।

हिमाली शिशु उपहार नामक पाठ्यक्रम लागू गरेपछि उप्रान्त विद्यार्थीहरुले शेर्पा भाषा र साम्भोटा लिपी अध्यायन गर्ने छन् । साथमा उनीहरुलाई शेर्पा संस्कृती र बौद्ध संस्कार पनि सिकाइने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाक्पा जी शेर्पाले जानकारी दिए ।

कक्षा शुरुसँगै उनीहरुलाई गुम्बा शिक्षाका लागि समेत सहज हुने छ । उनीहरुले बौद्ध संस्कार अनुसार पूजापाठ गर्न, आफ्नो भाषामा पढ्न, संवाद गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्