पाँचथर हत्याकाण्ड : आज अन्त्यष्टी गरिँदै काठमाडौँ / पाँचथरको मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेमा भएको हत्याकाण्डको घटनामा ज्यान गुमाएका ९ जनाको अन्त्यष्टि कार्य आज शुरु भएको छ । मृतकका आफन्त अन्त्यष्टी स्थलमा आइ पुग्न केही ढिला हुँदा केहीबेर पखर्नु परेको थियो । बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टम सकिए पछि शव आरुबोटे ल्याइएको पारिवारीक स्रोतले जनाएको छ । । हत्या गरिएका दुई परिवार मध्ये बमबहादुर फियाकको परिवारका ४ जनाको अरुबोटेमा अन्त्यष्टी गरिँदै छ । उनको परिवारमा उनकी श्रीमती पुर्षिमायाँ फियाक, मनकुमारी फियाक र आसे फियाकको हत्या भएको थियो । सोही घटनामा हत्या गरिएका धनराज शेर्माको परिवारका ५ जनाको भने मिक्लाजुङ २ को सराङाडा बतासे भन्ने स्थानमा अन्त्यष्टी गर्ने पारिवारीक स्रोतले जनाएको छ । मिक्लाजुङ ३ का अध्यक्ष हस्तराज फियाकले भने–सराङडाडा शेर्माको पुर्खेउली घर हो । शेर्मा परिवारमा उनकी श्रीमती सस्मिता शेर्मा छारीहरु युहाना शेर्मा, मुना शेर्मा र इक्सा शेर्माको हत्या भएको छ । घटनामा घाइते सिता खजुमको उपचार भइरहेको छ । संलग्न भनिएका फियाक परिवारका कान्छा ज्वाइ मानबहादुर माखिमको शप मंगलबार अपरान्ह झुण्डिएको अवस्थामा फेला परेको थियो । उनलको शव भने परिवारलाई दिइएको छैन ।