ताप्लेजुङका राईले ग्वार्कोको आकाशे पुलबाट हामफालेर गरे आत्महत्या


0
Shares

काठमाडौँ / ताप्लेजुङका कीर्तिमान राईले ग्वार्कोको आकाशे पुलबाट बिहिबार बिहानै हामफालेर आत्महत्या गरेका छन्।

कोटेश्वर–कलंकी सडक अन्तरगर्त ग्वार्कोस्थित आकाशेपुलबाट हामफालेर एक वृद्धले आत्महत्या गरेका हुन्। प्रहरीका अनुसार आत्महत्या गर्नेमा ताप्लेजुङको साविक हाङपाङ गाविस घर भइ हाल कोटेश्वर बस्दै आएका ६० वर्षीय कीर्तिमान राई रहेका छन्।

राईले बिहिबार बिहान ६ बजेर १० मिनेटमा आकाशेपुलबाट हाम फलेको र ६ बजेर ३५ मिनेटमा मृत्यु भएको महानगरीय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ।

राई पहिला आकाशेपुल माथि चढेको र एक्कासी हाम फलेको प्रतक्ष्यदर्शीहरुले बताएका छन्।

उठ्ने बितिकै कोठाबाट निस्किएका राईले किन आत्महत्या गरे भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको छ। आत्महत्या गर्ने राईका आफन्तलाई खबर गरी प्रहरीले पोस्टमार्टमको प्रक्रिया अगाडी बढाइसकेको छ।


प्रतिक्रिया दिनुहोस्