प्रधानमन्त्री चढेको हेलिकोप्टर आकस्मिक अवतरण

चितवन / प्रधानमन्त्री केपी शर्मा ओली चढेको हेलिकोप्टर भरतपुरको आर्मी व्यारेकमा आकस्मिक अवतरण गरेको छ ।

चितवन । प्रधानमन्त्री केपी शर्मा ओली चढेको हेलिकोप्टर भरतपुरको आर्मी व्यारेकमा आकस्मिक अवतरण गरेको छ । मौसमको खराबीका कारण भरतपुरको आर्मी व्यारेकमा आकस्मिक अवतरण गरेको हो ।

लुम्बिनी जान लागेका प्रधानमन्त्री चढेको हेलिकप्टर आधा घण्टा व्यारेकमा रोकिएका प्रहरीले जनाएको छ । प्रधानमन्त्री ओलीसँग नेकपाका महासचिव विष्णु पौडेल र प्रधानमन्त्री पत्नी राधिका शाक्य रहेका थिए ।

प्रधानमन्त्री ओली सो क्रममा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालसहितका पदाधिकारीसँग भेटघाट गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्