प्रेस स्वतन्त्रताका लागि पत्रकार महासंघको ७७ जिल्लामै प्रदर्शन

काठमाडौ / सरकारले ल्याउन लागेको मिडिया काउन्सिल विधेयक संसोधनको माग गर्दै नेपाल पत्रकार महासंघले शुक्रबार विरोध प्रदर्शन गरेको छ ।


काठमाडौंको संसद भवन बाहिर वानेश्वरमा, पहिलो चरणको आन्दोलन अन्तर्गत संचार सामग्रीसहित पत्रकार आन्दोलनमा उत्रिएका हुन् । अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने विधेयकको मस्यौदाप्रति आपत्ति जनाउँदै महासंघले आन्दोलन घोषणा गरेको हो । नेपालको संविधानसँग बाझिने गरी ल्याउन थालेको विधेयकको संचार सम्बद्ध संस्थाले विरोध गर्दै आएका छन् ।

महासंघले पहिलो चरणको आन्दोलन सुरु भएको एक हप्तासम्म प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी कानुन संशोधन वा फिर्ता नगरे थप आन्दोलन गर्ने चेतावनी दिएको छ । महासंघको आव्हानमा ७७ जिल्लामै पत्रकारहरुले विरोध प्रदर्शन गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्