भारतबाट भित्रिएका एक करोडको मदिरा बरामद प्रकाशित मिति : 14 May, 2019 6:44 am काठमाडौं बैशाख ३१ / उच्चकोटीको विदेशी मदिरा भारतबाट तस्करी हुँदै नेपाल भित्रिने गरेको खुलेको छ। भारतमा उत्पादन हुने र विदेशबाट भारत ल्याइएका विभिन्न ब्रान्डका मदिरा अवैध तरिकाले नेपाल भित्रिने गरेको पाइएको हो। फाइल तस्बिर भैरहवाको बेलहिया नाका हुँदै भरियामार्फत यस्तो मदिरा नेपाल भित्रिने गरेको हो। यसअघि यो नाकाबाट मदिरा बनाउने कच्चा रक्सी (स्प्रिट) आयात हुने गरे पनि तयारी मदिरा भने आयात हुने नगरेको भैरहवा भन्सार कार्यालयका भन्सार अधिकृत एवं सूचना अधिकारी कलिराम पौडेलले बताए। ‘डेढ वर्षको अवधिमा एक करोड रुपैयाँभन्दा बढीका मदिरा जफत गरेका छौं,’ उनले भने, ‘त्यस्तो मदिरा लिलामीका लागि अहिले सूचना प्रकाशित गरेका छौं।’आजको कारोबार मा मनोरञ्जन शर्माले यो खबर लेखेका छन्।