मलेसिया जाने कामदारमाथिको सिन्डिकेट ब्युँताउन दूतावास नै सक्रिया प्रकाशित मिति : 11 May, 2019 8:05 am काठमाडौं / वैदेशिक रोजगारीमा मलेसिया जाने कामदारमाथि वर्षैदेखि भइरहेको ठगीमा संलग्न सिन्डिकेट ब्युँतायने गतिविधमा नेपालस्थित मलेसियन दूतावास नै सक्रिय भएको छ । विगतमा कामदार ठगीमा संलग्न मेडिकल सिन्डिकेट कायम राख्न दूतावासका कार्यवहाक राजदूत अहमद फादिल स्माइलले कूटनीतिक मर्यादा र दुई देशबीच भएको श्रम समझदारीविपरीत नेपाल सरकारलाई दबाव दिँदै आएका हुन् । श्रम समझदारीअनुरुप स्वास्थ्य परीक्षण गर्ने संस्था सूचीकरणको प्रक्रियामा सरकार रहेका वेला ठगीमा संलग्न व्यवसायीलाई नै मान्याता दिएको भन्दै मलेसियन राजदूतले विभिन्न निकायमा पत्राचार गरेका छन् । गोपाल साउदले नयाँ पत्रिका दैनिकमा यो समाचार लेखेका छन् ।