निगमको सबै विमान खरिदमा घोटाला प्रकाशित मिति : 11 May, 2019 6:33 am काठमाडौं / संघिय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपाल वायुसेवा निगमले २०७१ र २०७५ सालमा गरी दुई पटक भित्र्याएका एयरबस कम्पनीमा चार वटा जेट विमान खरिद प्रक्रियामै त्रुटि रहेको औँल्याएको छ । समितिले पछिल्लो दशक निगमले भित्र्याएका सबै खाले विमान खरिद प्रक्रियालगायत व्यवस्थापकीय पक्ष अध्ययन गर्न गत मंसिरमा उपसमिति गठन गरेको थियो । सांसद दीपकप्रकाश भट्टको नेतृत्वमा गठित उपसमितिले निगमले उडानमा राखेका चार वटै एयरबस ९दुइटा ए ३२० र दुइटा ए ३३०० को खरिद प्रक्रिया नमिलेको औंल्याएको सांसद दिव्यमणि राजभण्डारीले बताए । आजको कान्तिपुर दैनिकमा यो समाचार सुरज कुँवरले लेखेका छन् ।