अन्तराष्ट्रिय श्रमिक दिवसमा नेकपा ताप्लेजुङको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

काठमाडौं / ताप्लेजुङ नेकपाले अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल ट्रेड युनियन महासंघ जिफन्ट र अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुफ को संयुक्त आयोजनामा मजदुर दिवसको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो ।

कार्यक्रममा बोल्दै ताप्लेजुङ जिल्ला अध्यक्ष विजय प्रकाश वनेमले भने, श्रमिकलाई सुवीकृत गरेर उनीहरुको अधिकार रक्षा गर्दै श्रमको उचित मुल्य पाउन मजदुर जागरुक हुने बेला आएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा राज्यले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने भन्दै राज्यलाई दबाब दिने वेला आएको उनले बताए ।

कार्यक्रममा नेकपा प्रदेश कमिटी सदस्य खेलप्रसाद वुढाक्षेत्री “पराग” प्रदेश कमिटि सदस्य एवं जिल्ला अध्यक्ष बिजय प्रकाश वनेम, प्रदेश कमिटी सदस्य तथा वाइसीएल केन्द्रीय सचिव मिङमा डण्डु शेर्पा लगायत नेकपा ताप्लेजुङ जिल्लाका नेताहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्