रोल्पामा बम बिस्फोट रोल्पा / प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेल हिँडेको सडक नजिकै बम बिस्फोट भएको प्रहरीले बताएको छ । बिहान ११ बजेतिर मुख्यमन्त्री पोखरेल हिँडेको गैरीगाउँस्थित राँकडाँडामा बमबिस्फोट भएको हो । सदरमुकाम लिवाङबाट त्रिवेणी गाउँपालिकाको जुगारमा हुने आमसभामा सहभागि हुन जाँदै गर्दा सडक नजिकै जंगलमा बम बिस्फोट भएको रोल्पा प्रहरीले बताएको छ । रोल्पामा सोमबार भएको बिस्फोटको जिम्मा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले लिइसकेको छ ।