डडेल्धुरामा बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु

काठमाडौं ,११ बैशाख / धनगढीबाट बझाङका लागि छुटेको बस डडेल्धुरामा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। ना ३ ख ६७३१ नम्बरको कर्णाली रिभर यातायातको बस भीमदत्त राजमार्गअन्र्तगत गन्यपाधुरा गाउँपालिका–१ को साहुखर्क नजिकै बुधबार बिहान ५ बजेतिर बस दुर्घटना भएको हो।
दुर्गघटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको डडेल्धुराका प्रहरी निरिक्षक लक्ष्मण खड्काले जानकारी दिए ।
प्रहरी निरिक्षक लक्ष्मण खड्काका अनुसार प्रहरी घटनास्थल पुगेर घाइतेहरुको उद्धार गरिरहेको छ। मृतकको संख्या अझैं बढ्नसक्ने बताइएको छ । २० बढी घाइते भएको पनि प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्