नेकपा ताप्लेजुङको अध्यक्षमा विजय किराँत र सचिवमा साम्सोहाङ चयन

ताप्लेजुङ / नेपाल कम्युनिस्ट पार्टी नेकपा ताप्लेजुङको अध्यक्षमा विजयप्रकाश वनेम (विजय किराँत) र सचिवमा बलबहादुर साम्सोहाङ चयन हुनुभएको छ ।

नेकपा सचिवालयको आइबार साँझ बसेको बैठकले जिल्लाको नेतृत्व टुङ्ग्याउन तय गरेको मापदण्डअनुसार वनेम अध्यक्षमा र साम्सोहाङ सचिवमा चयन हुनुभएको हो । भागबण्डाको आधारमा जिल्लाको नेतृत्व टुङ्ग्याएको नेकपाले नयाँ मापदण्ड बनाएर तत्कालीन जिल्ला नेतृत्वलाई नै जिम्मेवारी दिएको हो ।

तत्कालीन जिल्ला संयोजक वा अध्यक्षहरुलाई नै नवगठित नेकपाको अध्यक्ष र सचिव बनाउने नयाँ मापदण्डअनुसार पूर्व माओवादी केन्द्रका जिल्ला संयोजक वनेमले अध्यक्ष र पूर्व एमालेका जिल्ला अध्यक्ष साम्सोहाङले सचिवको जिम्मेवारी पाउनुभएको हो ।

वनेम तत्कालीन माओवादी केन्द्रको जिल्ला नेतृत्वमा दोस्रो वरियतामा हुनुहुन्थ्यो । तत्कालीन नेतृत्वको हिसाबले उहाँ बढुवा हुनुभएको छ भने सचिवको जिम्मेवारी पाउनुभएका साम्सोहाङ घटुवामा पर्नुभएको छ । प्रदेश १ का प्रदेशसभा सदस्य समेत रहनुभएका साम्सोहाङ तत्कालीन एमालेका जिल्ला अध्यक्ष हुनुहुन्थ्यो ।

सत्तारुढ दल नेकपाको एकता भएको करिव एक वर्षपछि जिल्ला नेतृत्वको टुङ्गो लगाएको हो । ताप्लेजुङको नेतृत्वका लागि तत्कालीन माओवादीका जिल्ला इन्चार्ज अर्थात पहिलो वरियताका नेता खेलप्रसाद बुढाक्षेत्री र वनेम तथा एमालेका जिल्ला उपाध्यक्ष मातृकाप्रसाद भट्टराई र जिल्ला सदस्य सन्तोष खतिवडाको दावी रहँदै आएको थियो ।

पार्टीको नयाँ मापदण्डले बुढाक्षेत्री नेतृत्वबाट वञ्चित हुनुप¥यो भने नेतृत्वको दाबीमा नरहनुभएका साम्सोहाङले सचिवको जिम्मेवारी सम्हाल्नुपर्न


प्रतिक्रिया दिनुहोस्