ताप्लेजुङमा १२५ थान बन्दुक संकलन ताप्लेजुङ / ताप्लेजुङका विभिन्न गाउँबाट अभियाननै चलाएर प्रहरीले ३५ दिनमा १ सय २५ थान बन्दुक संकलन गरेको छ। अधिकांश हतियार भरुवा बन्दुक रहेको, इजाजत लिएर राखेका ४० नाल र १२ बोरको ५ राउण्ड गोली, १० नाल ब्यारेल सहित अवैध हतियार ८५ नाल संकलन गरेको प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक संञ्जयसिंह थापाले बताए। जिल्लाका सबै सुरक्षा निकाय र गाउँका सबै प्रहरी यनिटलाई लाई विशेष परिचालन गरिएकाले संकलनमा सफलाता मिलेको थापाले बताए। प्रहरीले सोमबार एक कार्यक्रमका बिच उक्त हतियार सार्वजनिक गरेको छ। एक नम्बर प्रदेसमै ताप्लेजुङमा बढी हतियार संकलन भएको प्रहरीले जनाएको छ। अब पनि अवैध हतियार भेटिए कारवाही हुने डिएसपी थापाले बताए। लिम्बु जातिको बाहुल्य रहेको ताप्लेजुङमा विभिन्न धार्मिक संस्कारमा बन्दुकको प्रयोग गर्ने चलन छ। गृह मन्त्रालयले बैसाख ६ गतेसम्म आफूसँग भएका हतियार नजिकको प्रहरी कार्यालयमा बुझाउन सार्वजनिक सूचनामार्फत् अनुरोध गरेको थियो। यो अवधिमा हतियार बुझाउनेलाई कुनै कानूनी कारबाही नहुने उल्लेख छ। अवधि सकिएपछि सोमबार प्रमुख जिल्ला अधिकारी अनुज भण्डारी सहित जिल्लाका सबै सुरक्षा प्रमुखहरु, उद्योगी, व्यापारी, ब्यवसायी लगायतको उपस्थितिमा संकलन गरिएको हतियार सार्वजनिक गरेको हो।