कुकर बम डिस्पोज गर्न खोज्दा बासी भात मोरङ / प्रतिबन्धित नेकपा विप्लव समूहले नेपाल बन्दका गरेको दिन आज मोरङको सुन्दरहरैचा नगरपालिकामा नक्कली कुकर बम राखिएको फेला परेको छ । बिहीबार बिहान सुन्दरहरैचा नगरपालिका-७ स्थित बेलगाछीमा नक्कली कुकर बम राखिएको फेला परेको हो । बिहीबार बिहान सुन्दरहरैचा नगरपालिकामा कुकर बम फला पर्यो भनेर हल्ला चल्यो, स्थानीबासीहरु त्रसित भए । पुर्व-पश्चिम राजमार्ग समेत केही समय अवरुद्द भएको थियो । बम फेला परेको खबर पाएलगत्तै नेपाली सेनाको टोली उक्त स्थानमा आएर डिस्पोज गर्न खोज्दा बम भनिएको उक्त कुकरभित्र बासी भात भेटिएको छ । कुकरमा तार जडान गरेर बम जस्तै देखिने गरी राखिएको थियो ।