ताप्लेजुङमा कार दुर्घटना, २ जना घाइते


ताप्लेजुङ / ताप्लेजुङको हेलीप्याड नजिकै बा १२ च ३०० नम्बरको कार दुर्घटना भएको छ । दुर्घटनामा परेर २ जना घाइते भएका छन् ।

घाइते दुवै जना खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । घाइते दुवैको तमोर हस्पिटलमा उपचार भइरहेको छ । प्रहरीका अनुसार कार हेलिप्याड गेट अगाडीबाट अनियन्त्रित भई मेवाखोला हिल रिसोर्ट को माथिपट्टि खसेको थियो ।


प्रतिक्रिया दिनुहोस्