माग्नेबुढा राष्ट्रपतिको हातबाट ‘प्रबल जनसेवा श्री’ ’बाट सम्मानित

काठमाडौं, / हाँस्य कलाकार केदारप्रसाद घिमिरे ‘माग्नेबुढा’ ‘प्रबल जनसेवा श्री’राष्ट्रपतिको हात बाट सम्मानित भएका छन् ।

राष्ट्रपति निवासमा भएको कार्याक्रममा हाँस्य कलाकार घिमिरेले राष्ट्रिपति विद्यादेवी भण्डारीको हातबाट सो पदक पाएका हुन् । पदक पाएपछि सोमबार घिमिरेले सामाजिक सञ्जाल फेसबुकमा पदकबारे प्रतिक्रिया जनाएका छन् ।

उनले आफूलाई विभूषण प्रदान गरेकोमा सरकारलाई धन्यवाद दिनुका साथै कर्तव्य पथमा लागिरहने प्रण समेत सामाजिक सञ्जाल फेसबुकमा उ व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन, ‘सधैं यस्तै अलिकति निहुरिन पाऊँ । छाती तन्काएर कसैका सामु घमण्ड नगरुँ । सानो भइयो भने जता पनि अटाइन्छ, ठूलो हुँदा कतै अटाइँंदैन । त्यसेले सधैं सानै हुन पाऊँ । हँसाइरहन पाऊँ’, ‘प्रबल जनसेवा श्रीबाट विभूषित हुन पाएकोमा नेपाल सरकारलाई धन्यवाद। कर्तव्य पथमा निरन्तर लाग्ने प्रण गर्दछु ।’


प्रतिक्रिया दिनुहोस्