लिबियामा द्वन्द्व चर्किदा भारत र अमेरिकाले सेना फर्काए, संकटमा पर्दा छोडेर नभाग्ने – नेपाली सेना

c
काठमाडौं / लिबियामा द्वन्द्व चर्किदा भारत र अमेरिकाले आफ्ना शान्ति सेना फर्काए पनि नेपाली सेना भने तत्काल नफर्कने भएको छ ।

लिबियामा एक सातादेखि संघर्ष चलिरहेको, क्रममा करिव ६० को मृत्यु भएको भनिएको छ । तीन सय बढी घाइते भएको जनाइएको छ । त्रिपोलीस्थित राष्ट्र संघीय मिसनको सुरक्षा गरिरहेको नेपाली सेना भने तत्काल नफर्कने जानकारी दिँदै अन्तर्राष्ट्रिय रुपमा रहेको नेपाली सेनाको छवि कायम राख्न नेपाली शान्ति सेनाले यस्तो अवस्थामा छोडेर हिँड्न नसक्ने बताएको छ ।

शुक्रबार नेपाली सेनाले एक विज्ञप्ती निकाल्दै नेपाली शान्ति सेना तत्काल फिर्ता बोलाउने कुनै योजना नरहेको पुनः जनाएको हो । संयुक्त राष्ट्रसंघले लिबियाबाट नेपाली शान्ति सैनिक फिर्ता गर्ने कुनै योजना रहेको स्पष्ट पारेसँगै नेपालले यस्तो निर्णय लिएको हो ।

शान्ति सैनिकप्रतिको आस्था र विश्वासलाई अटल राख्न नेपाली सेना प्रतिबद्ध रहेको भन्दै संकटमा पर्दा छोडेर भाग्ने कार्य नगर्ने पनि स्पस्ट पारेको छ । लिबियामा रहेका सबै नेपाली सेनाहरु त्रिपोलीस्थित राष्ट्र संघीय मिसनमा छन् ।


प्रतिक्रिया दिनुहोस्