तीन दर्जन नेता पार्टी प्रवेश ,विप्लव समेत यसैगरि आउँछन् – प्रचण्ड काठमाडौं / (नेकपा ) अध्यक्ष प्रचण्डले विप्लव नेतृत्वका झण्डै तीन दर्जन नेता कार्यकर्तालाई पार्टी प्रवेश गराएका छन् । तामाङ मुक्ति मोर्चाका सचिव सांगे लामाको नेतृत्वमा पार्टी प्रवेश गर्दै तीन दर्जन बढी नेता कार्यकर्तालाई पार्टीमा स्वागत गरिएको प्रेस सहयोगी सुर्य किरणले जनाएका छन् । प्रचण्डले उनले भनेका छन्, तपाईहरुको राजनीतिक भविष्य सुनिश्चित गर्ने जिम्मा मेरो भो । प्रचण्डले खुमलटारमा विप्लव समेत यसैगरि पार्टीमा आउने दाबी गरेका छन् । समय अभावका कारण धेरै कुरा गर्न नसकिने भन्दै प्रचण्डले जनताको हितमा आफैले लडेर ल्याएको अधिकारको रक्षा गर्दै यसलाई सदुपयोग गर्न समेत आग्रह गरेका छन् । समय मै नेताहरुले बुद्धि पुर्याएको भन्दै क्षमता, सक्रियताको आधारमा पार्टीमा जिम्मेवारी दिने कुरामा कुनै कमी नहुने समेत प्रष्ट पारेका छन् ।