आलिया भट्ट भाषा सिक्दै


एजेन्सी / बलिउडकी चर्चित नायिका आलिया भट्ट अहिले साउथ इन्डियन चलचित्र आरआरआर’को तयारीमा छिन् ।

आलिया भट्टको मुख्य भूमिका रहने चलचित्रमा ‘बाहुबली’का निर्देशक एसएस राजमौलीले यो चलचित्र निर्देशन गर्दैछन् । तेलुगु भाषामा बन्ने चलचित्रका लागि आलिया अहिले यो भाषा सिक्दैछन् । आलियाले यो भाषा नजानेका कारण उनी अहिले फुर्सदको समयमा यो भाषा सिक्दैछिन् ।

बीग बजेटमा निर्माण हुने ‘आरआरआर’मा आलिया भट्टसँगै राम चरण, जुनियर एनटीआर, अजय देवगणको पनि मुख्य भूमिका रहनेछ । उनले भनिन्, ‘म तेलगु भाषा बुझ्छु । तर, बोल्न आउँदैन । यो भाषा निकै नै गाह्रो रहेछ ।


प्रतिक्रिया दिनुहोस्