ताप्लेजुङ युवा समाज काठमाडौद्वारा विश्वकर्मालाई आर्थिक सहयोग



काठमाडौ / ताप्लेजुङ युवा समाज काठमाडौद्वारा ताप्लेजुङ जिल्ला फुङलिङ न. पा–३, सिम्ले निवासी दल बहादुर विश्वकर्मा रसाइलिलाई टाउकोको ब्रेन एनोरिज्म र्यापचर नामक रोगले ग्रस्त रसाइलिलाई उपचारको लागि आर्थिक सहयोग गरेको छ ।

विर अस्पतालको सघन उपचार केन्द्रमा उपचारत रसाइलीलाई नगद रु , ५ हजार प्रारम्भिक आर्थिक सहयोग गरेको छ । उक्त रकम सङ्स्थाका महासचिव निरोज लिबाङ र स्वास्थ विभाग प्रमुख दुशान्त दाहालले अस्पतालमा गई बिरामी छोरा भिम रसाईलिलाई नगद प्रदान गरेका हुन ।

साथै यो पहिलो सहयोग भएकोले थप सहयोग गर्दै जाने समाजका अध्यक्ष मुक्ती लाबुङ्ले जानकारी दिनु भयो । उहाको उपचारको लागि करिब ८ लाख रुपैया लाग्ने बिरामिका छोरा भिम रसाईलिले बताए ।

सहयोग गर्न ईच्छुक ब्यक्तिहरुका लागि ,
छोरा – भिम बहादुर बिक रसाइली
हाल – वीर अस्पताल काठमाडौ
मोबाईल नम्बर – 9814043799


प्रतिक्रिया दिनुहोस्