आत्मीयता सहितको एकता र आत्म अनुशासन सहितको सहकार्य आजको आवस्यकता – शाह काठमाडौं / नेपाली कांग्रेस युवा नेता ऋषिकेश जंग शाह कांग्रेसलाई बलियो बनाउन आत्मीयता सहितको एकता र आत्म अनुशासन सहितको सहकार्य आजको आवस्यक रहेको बताएका छन। आज बिहान सामाजिक संजाल मार्फत आफ्नो धाराना सार्वजनिक गर्दै शाहले आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पाटी बनाउन यो अभियान अपरिहार्य भएको जिकिर गरे। देशमा कम्युनिस्ट शक्तिहरुले मनपरि तन्त्र चलाईरहेको भन्दै तत्काल त्यस्ता गतिविधि रोक्न पार्टी एक हुनुको विकल्प नभएको शाहको आसय थियो। शक्तिशाली शक्तिका विरुद्ध उत्रिन पनि कांग्रेस एक हुनुपर्नेमा शाहले जोड दिए। एउटा शीर्ष नेताले अर्को शिर्ष नेतालाई सार्वजनिक मन्चमा गाली गर्दा कांग्रेस कम्जोर भएको अनुभव कार्यकर्तामा जाने भन्दै त्यो कार्य नेताहरूलाई नगर्न पनि शाहले आग्रह गरे।