युनाइटेडको लगातार चौथो जित बिहीबार, पौष १९ / प्रिमियर लिग अन्तरगत बुधबार राति भएको खेलमा म्यानचेस्टर युनाईटेडले न्युक्यासल युनाइटेडलाई २–० ले पराजित गरेपछि सोल्सजरको प्रशिक्षणमा लगातार चौथो जित निकाल्न सफल भएको हो । मा युनाइटेडलाई लगातार चौथो जित दिलाउने सर माट बस्बीपछिका पहिलो प्रशिक्षक बनेका छन् । न्युक्यासलको घरेलु मैदान सेन्ट जेम्स पार्कमा भएको खेलमा युनाइटेडलाई जिताउन वैकल्पिक खेलाडी रोमेलु लुकाकु र मार्कस रासफोर्डले गोल गरे । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, ६४ औं मिनेटमा मैदान प्रवेश गरेको ३८ सेकेन्डमै रोमेलु लुकाकुले गोल गर्दै युनाइटेडलाई १–० को अग्रता अग्रता दिलाए । रासफोर्डको शक्तिशाली फ्रिकिक न्युक्यासलका गोलरक्षकले राम्रोसँग नियन्त्रणमा लिन नसक्दा लुकाकुले ६ यार्ड बक्सभित्रबाट सहजै गोल गरेका थिए । लुकाकु एक मिनेट अघि मात्रै एन्थोनी मार्सियलको स्थानमा मैदान छिरेका थिए । ८० औं मिनेटमा मार्कस रासफोर्डले गोल गर्दै युनाइटेडलाई २–० को जित दिलाए । जितपछि युनाइटेड २१ खेलबाट ३८ अंक जोडेर छैटौ स्थानमा यथावत छ । पराजित न्युक्यासल १८ अंक जोडेर १५औं स्थानमा छ । एजेन्सी