जापान रोजगारको विषयमा हल्लाको पछि नलाग्न वैदेशिक रोजगार व्यवसायी संघको आग्रह काठमाडौं / वैदेशिक रोजगार व्यवसायी संघले जापानमा नेपाली कामदार पठाउने विषयमा आधिकारिक सूचना नआएसम्म हल्लाको पछि नलाग्न आग्रह गरेको छ। जापानमा रोजगारीको हल्ला पछि रोजगारीको बाहानामा ठगी गर्ने गिरोह सक्रिय हुनसक्ने हुँदा जापानको रोजगारको नाममा कसैलेपनि कुनै कारोबार नगर्नका वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहण गुरुङले विज्ञप्तीमा उल्लेख गरेका छन्। अध्यक्ष गुरुङले जापान र नेपाल दुई देशबीच श्रम सम्झौता पत्रमा हस्ताक्षर नभएसम्म आवश्यकताभन्दा बढी चर्चा गरेको उचित नहुने उल्लेख गरेका छन्। जापान र नेपालका विषयमा केही सञ्चार माध्यमहरुले भ्रमपूर्ण समाचार प्रकाशन गरेको भन्दै संघको त्यसप्रति गम्भिर ध्यानाकर्षण भएको समेत जनाएको छ।