धरहराको टुप्पोमा बसेर सुन्दर काठमाडौ हेर्ने मन छः प्रधानमन्त्री ओली काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा पुनर्निर्माणको बिहीबार शिलान्यास गर्दै ओलीले भने, ‘अब बन्ने धरहराको टुप्पोबाट वातावरण सुधारिएको सुन्दर काठमाडौ हेर्नुपर्छ । धरहराको टुप्पोमा बसेर काठमाडौं हेर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले इच्छा व्यक्त गरेका छन् । ठेकेदारले दुई वर्षभित्रै धरहरा निर्माणको काम सक्ने उनले विश्वास व्यक्त गरे । धरहराको टुप्पोबाट धुलोमैलो सहर देखिएमा भने लाज हुने उनले बताए । उनले धरहराको पुनर्निर्माण विकासकै लहरको एउटा हिस्सा भएको पनि बताए । ओलीले भने, ‘अब ज्येष्ठ नागरिक पनि चढ्न सक्ने धरहरा बन्छ ।’ २०७२ सालको भूकम्पमा भत्किएको भग्नावशेषलाई संरक्षण गर्दै त्यसको छेउँमा २२ तले नयाँ धरहरा निर्माण हुने छ ।