ठमेलमा ५ अर्ब खर्चिएर (छायाँ देवी सेन्टर) सानो ठमेल तयार

काठमाडौं / काठमाडौंको पर्यटकीय केन्द्र ठमेलमा करिब ५ अर्ब रुपैयाँ खर्चिएर ‘छायाँदेवी तयार भएको छायाँ सेन्टरको औपचारिक उद्घाटन आगामी मंगलबार विशेष समारोहका बीच पर्यटनमन्त्री रविन्द्र अधिकारीले गर्दैछन् । यसलाई ‘ठमेलभित्रको सानो ठमेल’का रुपमा कम्पनीले प्रवर्द्धन गरिरहेको छ ।

ठमेलमा पर्यटकका लागि उपलब्ध हुने सबै किसिमका सेवा उपलब्ध हुने भएकाले यसलाई ‘मिनी ठमेल’ मान्न सकिने प्रवर्द्धकहरुको भनाइ छ ।हाल छायाँ सेन्टरमै खुल्न लागेको अलफ्ट होटेल आगामी मार्च महिनादेखि सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।

मलमा स्टल बुक गरेका ब्राण्ड र पसलहरुमध्ये धेरैले ओपनिङ तीव्र बनाएका छन् । केहीले इन्टेरियरको काम गरिरहेका छन् भने धेरैले आफ्नो सेवा थालिसकेका छन् ।

छायादेवी कम्प्लेक्सको टप फ्लोरबाट देखिएको दृश्यअलफ्ट बिजनेश होटेल, सेराटन, डब्लू होटेल, फोरपेन्ट्स, ली मेरिडियन, लक्जरी कलेक्सन, इलिमेन्ट, स्टार रेजिसजस्ता नाममा यसले होटलहरु सञ्चालन गर्दै आएको छ । छायाँ सेन्टर कम्प्लेक्सको पाँचौंदेखि १५औं तलासम्म अलफ्ट होटल सञ्चालन हुन लागेको हो । पाँच अर्ब लगानी रहेको यो सेन्टरमा १६८ वटा कोठा रहनेछन् ।

अलफ्टमा इन्टेरियर सजावटको काम हुँदै
कम्प्लेक्समा तीन वटा मल्टिप्लेक्स थियटर छन् । यहाँ पसल, रेस्टुराँ, बैंकका शाखा, एयरलाइन्स र ट्राभल एजेन्सीहरुले पनि राख्दैछन् । यस्तै, विभिन्न कम्पनीका कर्पोरेट कार्यालयहरु पनि सञ्चालनमा आउन लागेका छन् ।

यहाँ अन्डरग्राउन्ड बेसमेन्टमा गाडी पार्किङस्थल छ । जहाँ ४ सय सवारी पार्क गर्न सकिन्छ । यो सेन्टरमा क्यासिनो पनि खुल्दैछ । होटलमा कार्यक्रमहरु गर्न खुला स्पेश पनि उपलब्ध छ । होटलभित्र ब्यांक्वेट हल, सेमिनार हल, रिसेप्सन हल, रेष्टुरेन्ट, स्विमिङ पुल, क्लब लगायत सुविधा पनि राखिँदैछ ।

यहाँ ५० भन्दा बढी सुईट रुमहरु रहनेछन् । अरु कोठा डिलक्स सुविधाका हुनेछन् । यहाँका हरेक कोठाहरु विशेष डिजाइनमा तयार हुनेछन् । हरेक कोठाहरुबाट काठमाडौंसहित पहाड र हिमालहरुको दृश्यावलोकन गर्न सकिने छ । अहिले नै कप्लेक्सभित्र सयौंले रोजगारी पाइसकेको छायाँ सेन्टर व्यवस्थापनले जनाएको छ ।

कम्प्लेक्सभित्र अन्तर्राष्ट्रिय फेसन ब्राण्डका शोरुम, हस्तकलाका पसल, सिनेमा हल र फूडकोर्ट, स्पा, बैंक, पार्लरहरु पनि खुलेका छन् । यहाँ चौंथो तल्लामा क्युएफएक्सले ३ वटा सिनेमा हल सञ्चालनमा ल्याइकेेको छ ।

छायाँ सेन्टरमा सुमन पाण्डेसहित पृथ्वीबहादुर पाण्डे, महेश्वर श्रेष्ठ, निर्मल प्रधान, कालु गुरुङ, योगेन्द्र शाक्य र सुहृद घिमिरेको लगानी छ ।


प्रतिक्रिया दिनुहोस्