भाइरल बाल प्रतिभाहरुको संयुक्त सांस्कृतिक कार्यक्रम भब्यरुपमा सम्पन्न काठमाडौं मंसिर २८ / सदभाब र मेलमिलापको लागि बृहत साँस्कुतिक कार्यक्रम सम्पन्न भएको छ । कुम्भकर्ण मिडिया प्रा.लि. र विश्वमानव उत्थान तथा मेलमिलाप संघद्धारा संयुक्त रुपमा आयोजना गरिएको कार्यक्रम आज ललितपुर स्थित किरात याक्थुङ चुम्लुङको हलमा सम्पन्न भएको हो । प्रमुख आकर्षणको रुपमा पछिल्लो समय मिडियामा व्यापक चर्चा कमाईरहेका मनिष लिम्बु रहेका थिए । त्यसैगरि अन्य बालकलाकारहरुमा भाईरल बाल गायिका माङ्गेना लिम्बु, गायकहरु प्रेम परियार, प्रसन्न पाठक, बिक्रम कार्की सहभागी भएका थिए । बाल गायकहरुसगै अन्य ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुको पनि बेजोड प्रस्तुती रहेको थियो । राष्ट्रिय कलाकारहरुमा चर्चित मुन्धुमी गायक ब्रब्रिम शेर्मा, कञ्चन थलङ, गंगा फियाक, तिर्सना नेम्बाङ, एकान्त आङदेम्बे, एबी लिम्बु, तुलषा आङदेम्बे, दिपा सुहाङ, प्रदेश लिम्बु, नायिका निशा पोमु, हास्यब्यङग कलाकार भरतमणि पौडेल लगायत अन्य ख्याति प्राप्त राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती । कार्यक्रम संचालन संचारकर्मी तथा चर्चित उदघोषिका मेरिना तुम्साले गरेकी थिइन् । गायन संगै (एफ एण्ड एफ कृउ ) को हिपपप ग्रुप डान्स, राष्ट्रिय कलाकारहरुको मारुनी डान्स लगायत अन्य आकर्षक नृत्यहरु पनि कार्यक्रममा प्रस्तुत गरिएको थियो । कार्यक्रम बिशेष गरि पछिल्लो समय मिडियामा भाईरल बाल कलाकारहरुको प्रतिभाको विकाश र प्रमोसनको उदेश्य राखि कार्यक्रम गरिएको प्रचारविभाग संयोजक लोकेश लिम्बुले बताए ।