चलचित्र ‘नालापानि’को टिजर शो सिटीसी मलमा सम्पन्न [भिडियो सहित]

बि. पि. साम्याङखाम

काठमाडौं, १२ असोज / ऐतिहासिक नेपालि चलचित्र नालापानीकोे टिजर शो सम्पन्न भएको छ । सुन्धाराको सिटिसी मलको सिडिसी हलमा बिहिबार पत्रकार सम्मेलन माझ टिजर शो सम्पन्न भएको हो । नेपाल र अंग्रेज बिच युद्द भएको ठाँउ नालापानीलाई चित्रण गरि दर्शक सामु ल्याउने हेतुले यस चलचित्रको निर्माण भएको हो ।

यस चलचित्र छांयाकनको क्रममा नेपाली सेनाले अति आवश्यक सामाग्री चलचित्र निर्माण पक्षलाई उपलव्ध गरी सहयोग गरेको पुर्व सेनापति राजेन्द्र क्षेत्रीले वताउनु भयो । यस चलचित्रको छांयाकन चितवनको अर्को ऐतिहासिक थलो उपरदाङ्ग गढमा पनि भएको निर्देशक रमेश अधिकारीले बताउका छन् । नव्वे प्रतिशत कार्य सम्पन्न भएको यस चलचित्र चाँडैनै हलहरुमा प्रदशन हुने निर्माण पक्षले जानकारी दिएका छन् ।

आफ्नो सिमाना जोगाउन नेपालिहरु घरेलु हात हतियार भाला, खुकुरी बञ्चरो सँग पानि समेत नखाई अंग्रेजसंग लडेर आफ्नो सिमाना जोगाएको ईतिहास साँची छ ।  नेपालीको त्यहि विरताको कार्यलाई चलचित्र मार्फत बलियो दस्तावेजको रुपमा सुरक्षित हुने निर्माणकर्ता मनोज शाक्यले बताए । हाल नेपाल भएको घटानाले गर्दा विगतमा नेपालको सिमाना कसरि बचाउन परेको थियो भन्ने कथा संदेश चलचित्रले दिने छ । चलचित्रमा पूजना प्रधान ,देव गुरुङ, देशभक्त खनाल, अर्जुनजंग शाही, मनोज शाक्य, विशाल पहारी, विजय विष्फोट,लगायतका कलाकारको मुख्य भूमिका छ ।

पद्मा कुमारी फिल्मस् प्रालि र गंगानारायण फिल्मस् प्रालिको संयुक्त ब्यानरमा यो चलचित्र निर्माण भईरहेको छ । तत्कालिन बाइसे-चौविसे राज्य एकिकरणका बेला अंग्रेज फौज विरुद्धको युद्धको दौरानमा नेपाली भूमिकाको रक्षाका लागि सन् १८०० को सुरुतिर पृथ्वीनारायण शाहका नाती तथा बहादुर शाहका छोरा शत्रुभञ्जन शाहले निर्माण गरेका थिए ।

चलचित्रका लागि यही स्थान नै चाहिने भएकाले निकै दुखका साथ यो स्थानमा पुगेको निर्माण पक्षले बताएको छ ।

-भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।


प्रतिक्रिया दिनुहोस्