सयौँ युवती इन्टनेटमा कुमारित्व बेचेर यसरी आफ्नो पढाई खर्च जुटाउन्छन , यी २० वर्षे युवतीले किन त्यसो गर्दैछिन् ? प्रकाशित मिति : 29 March, 2018 9:13 pm पैसा सबैका लागि जरुरी हुन्छ र मानिसहरुले पैसा कमाउनका लागि विभिन्न खालका तिकडम अपनाउँछन् । कसैले पैसाका लागि गहना बेच्छन् त कसैले घर । तर अष्ट्रेलियाको सिड्नीकी एक युवती भने अलग तरिकाले पैसा कमाउने बाटो रोज्दा चर्चाको शिखरमा छिन् ।पर्थबाट पढ्नका लागि सिड्नी आएकी किरा नाम गरेकी २० वर्षकी युवतीले जर्मन एस्कर्ट एजेन्सी सिन्ड्रेला एस्कर्टस्लाई आफ्नो कुमारित्व लिलाम गरेकी छन् ।कुमारित्वको लिलामीबाट आफूलाई पैसा कमाउने धेरै बाटो खुल्ने भन्दै उनले कमाएको पैसाले आफ्ना धेरै सपना पूरा गर्ने उनी बताउँछिन् । भविष्यमा कुनै मानिससँग सम्बन्ध बन्न सक्ने र उसले आफूले छाडेर जान पनि सक्ने भन्दै उनले मौकालाई सदुपयोग गर्दै पैसा कमाउनु राम्रो काम भएको बताएकी छन् ।कुमारित्व लिलामीबाट आएको पैसाले दुनियाँ घुम्न पाउने, आफ्नो पढाई खर्च जुटाउन सक्ने र परिवारका आवश्यकता पनि पूरा गर्नसक्ने उनी बताउँछिन् । यी सबै कारणले गर्दा आफूले कुमारित्व लिलामीमा राखेको उनको भनाइ छ । कुमारित्व लिलामीबाट आर्जित पैसाले घर किन्ने योजना उनको छ । एस्कर्ट एजेन्सी सिन्ड्रेलाका अनुसार किराजस्तै झण्डै ३ सय भर्जिन केटीहरुले आफ्नो कुमारित्व बिक्रीका लागि एजेन्सीसँग सम्पर्क गरेका छन् । यसअघि धेरै किशोरी तथा युवतीहरुले एजेन्सीमार्फत आफ्नो कुमारित्व लिलाम गरिसकेका छन् । केही दिनअघि एक अमेरिकी विद्यार्थी युवतीले अबुधावीका एक व्यवसायीलाई झण्डै ३० लाख डलरमा आफ्नो कुमारित्व सुम्पिएकी थिइन् ।स्मरण रहोस् सिन्ड्रेला एस्कर्ट यस्तो वेबसाइट हो जहाँ कुमारी केटीहरुको कुमारित्व लिलाम हुन्छ । त्यहाँ बोली लगाउनेमा अर्बपति व्यापारीदेखि हलिउड स्टार तथा धनाढ्यहरु समेत हुन्छन् ।एजेन्सीको सहयोगमा