एजेन्सी / केही समय अगाडी मात्रै भारतको एक समाचारले विश्वभर तारंग पैदा गरेको थियो। भारतको हरियाणामा एक व्यक्तिले गर्भवती बाख्रालाई करणी गर्दै गरेको क्रममा मृत्यु भएको समाचारले भारत मात्र नभई विश्वनै तरंगित भएको थियो। यस समाचारले संचार माध्यममा धेरै ठाउँ पाएको थियो भने चर्चाको पनि विषय बनेको थियो।

यस घटना पछि मानव किन जनावरसँग शारीरिक सम्बन्ध राख्न खोज्छ भन्ने विषयमा धेरै विवाद साथै चर्चा पनि भए। यस विषयमा उत्सुकता लाग्नु स्वाभविकनै हो। मानवले जनावरसँग शारीरिक सम्बन्ध बनाउनुलाई बेस्टिएलिटी भन्ने गरिन्छ। पशु अधिकारकर्मीहरुले जनावरसँग यस्तो कुकर्म गर्नेहरुलाई हदैसम्मको कारवाही हुनुपर्ने आवाज उठाउने गरेका छन्। किन गर्छन् त मानवहरुले जनावरसँग यौन कर्मरु

नियमित पशु प्रेमी स्वभावका कारण

केही यस्ता व्यक्तिहरु पनि हुने गर्छन् कि मानवसँग शारीरिक सम्बन्ध राख्न भन्दा पशुहरुसँग शारीरिक सम्बन्ध बनाउने मानसिक स्थितिमा जहिले पनि हुने गर्छन्। यस प्रकारका मानिसहरुमा विशेष प्रकारको मानसिक असन्तुलन हुने गरेको भन्ने गरिन्छ। यस प्रकारका व्यक्तिहरु जनावरहरुमा आफ्नो प्रेम खोज्ने गर्छन्।

अवसरवादी

केही व्यक्ति भने जनावरले केही पनि बोल्न नसक्ने हुँदा जनावरसँग अवसर मिलेको खण्डमा शारिरीका सम्बन्ध राख्ने गर्छन्। यस्ता व्यक्तिहरु अवसरवादी भएको हुँदा मौका मिलेको खण्डमा पशुसँग पनि शारीरिक सम्बन्ध बनाउने मानसिक स्थितिमा हुने गर्छन्।

असामान्य कल्पनाशील व्यक्ति

केही मानिसहरुमा जटिल मानसिक दुर्वलता रहेका हुन्छन् की जहिले पनि आफ्नो प्रेम जनावरमा मात्रै रहेको कल्पना गर्ने गर्छन्। आफ्नो हरेक कल्पनामा जनावरलाई मात्र राख्ने हुँदा यी व्यक्तिहरु असामान्य मानिने गरिन्छ।

यति मात्र नभई केही व्यक्तिहरु भने मानसिक रुपमा ह्यूमन(ऐनिमल रोल(प्लेयर्स मानिने गर्छन् जसका कारण यी व्यक्तिहरु मौका मिलेको खण्डमा जनावरसँग शारीरिक सम्बन्ध बनाउन कुनै पनि लाज नमान्ने गर्छन्। यस प्रकारको कार्य गर्ने व्यक्तिहरुलाई कानुनी रुपमा ठुलै कारवाही गर्ने प्रावधान रहने भएता पनि माथि उल्लेखि मानसिक अस्वस्थता भएका व्यक्तिहरु कारवाही हुने कुरामा भने अनविज्ञ रहने गर्छन् ।


प्रतिक्रिया दिनुहोस्