घण्टाको पनि तलब तोकिँदै प्रकाशित मिति : 5 July, 2018 6:43 am काठमाडौं / अब नेपालमा पनि घण्टामा आधारित श्रम प्रणाली लागू हुने भएको छ । यसका लागि सरकारले घण्टाको समेत ज्याला तोक्ने भएको छ । नयूनतम तलब निर्धारण समितिले घण्टाको पारिश्रमिक तोक्न लागेको हो । नयाँ श्रम ऐनले पार्ट टाइम काम गर्ने श्रमिकलाई कानुनी दायरामा ल्याएको छ । यसलाई सम्बोधन गर्नुपर्ने भएकाले श्रम मन्त्रालयलाई घण्टाको पारिश्रमिक निर्धारण गर्नुपर्ने बाध्यकारी नियम छ । आजको कान्तिपुरमा यो समाचार छापिएको छ ।