‘दुई कोरियाको युद्ध अन्त्यको प्रयास हुदैछ’ प्रकाशित मिति : 4 July, 2018 4:35 pm सोल / दक्षिण कोरियाली विदेशमन्त्री काङ कुङ ह्वाले सोल छ दशक लामो कोरियाली युद्ध अन्त्यका लागि लागिपरेको बताउनुभएको छ । यसै वर्ष कोरिया युद्धको दिगो रुपमै अन्त्य गरिने उहाँले बताउनुभएको छ । उहाँले यसका लागि दक्षिण कोरिया ‘लचिलो’ बन्नु परेपनि तयार छ भन्नुभयो । सोलमा बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्दै काङले भन्नुभयो, “शान्ति सम्झौताको मध्यस्थता तथा कार्यान्वयन गर्ने आवश्यक प्रक्रियाका लागि उत्तर कोरिया र अमेरिकासँग परामर्श गरेर अघि बढिएको छ, वातावरण निकै सकारात्मक छ ।” दक्षिण कोरियाली समाचार संस्थाका अनुसार दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ–इनसँगको परामर्श र उत्तर कोरियाली नेतासँगको शिखर बैठकपछि अमेरिकी प्रशासनले पनि १९५०–५३ मा दुई कोरियाबीच भएको युद्धको औपचारिक अन्त्यका लागि सहयोग गर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हुनत दुवै कोरियाले औपचारिकरुपमा युद्धअन्त्यको घोषणा गरिसकेका छन् तर पनि यो घोषणालाई दिगो बनाउन बाँकी छ र त्यो काम पनि हामी पूरा गर्नेछौँ ।” राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच यही जुन १२ तारिखमा दिन पहिलो पटक सिङ्गापुरमा शिखर वार्ता भएको थियो । सो वार्तापछि उत्तर कोरिया पनि कोरियाली प्रायद्वीपमा दिगो शान्तिका लागि सकारात्मक भएको पाइएको छ । रासस/सिन्ह्वा