आज नकआउट चरणको पहिलो खेलमा अर्जेन्टिना र फ्रान्स भिड्दै प्रकाशित मिति : 29 June, 2018 9:49 am काठमाडौं / फिफा विश्वकप २०१८ का समूह चरणका खेलहरु सकिएको छ । विश्वकपको नकआउटमा यसपाली केही ठूला र आशा गरिएका टोली साविक विजेता जर्मनी प्रवेश गर्न पाएका छैन । नकआउटसम्म आइपुग्दा सबैभन्दा धेरै अंक उरुग्वे, क्रोएसिया र बेल्जियमसँग समान ९/९ अंक छ । यता सबैभन्दा कम अंक भने अर्जेन्टिना र जापानसँग समान ४/४ अंक छ । नकआउट चरणको उद्घाटन खेलमा अर्जेन्टिना र फ्रान्स भिड्नेछन् । नक आउट खेल र नेपाली समय तालिका अर्जेन्टिनाविरुद्ध फ्रान्स– शनिबार राति ७-४५ बजे उरुग्वेविरुद्ध पोर्चुगल– शनिबार राति ११-४५ बजे स्पेनविरुद्ध रसिया–आइतबार राति ७-४५ बजे क्रोएसियाविरुद्ध डेनमार्क– आइतबार राति ११-४५ बजे ब्राजिलविरुद्ध मेक्सिको– सोमबार राति ७-४५ बजे बेल्जियमविरुद्ध जापान– सोमबार राति १-४५ बजे